
केशरमहलबाट दिउँसै हरायो पुरातात्विक महत्वका तीन सामाग्री
काठमाडौं – केशरमहलस्थित केशर पुस्तकालयबाट केही बहुमुल्य वस्तु हराएको छ । सोमबार दिउँसो पुस्तकालय परिसरबाट पुरातात्विक वस्तु हराएको प्रहरीले जनाएको छ ।
जीर्णोद्वार गरिँदै रहेको पुरानो शिक्षा मन्त्रालय रहेको उक्त भवनबाट एउटा बाघको छाला र दुईवटा तरबार हराएको दरबारमार्ग वृत्तका प्रमुख प्रहरी नायब उपरीक्षक (डीएसपी) विश्वराज खड्काले बताए ।
उक्त सामाग्री हराएपछि डीएसपी आफैं घटनास्थल पुगेर मुचुल्का उठाएर अनुसन्धान सुरु गरिसकेको पनि जनाए ।



कागजपत्र |
