मदिरापछि ‘सुन तस्करी’मा पनि जोडियो पर्यटन बोर्डका सीईओको नाम


काठमाडौँ – नेपाल पर्यटन बोर्डका निलम्बित सीईओ धनञ्जय रेग्मीले सुन तस्करी गरेको आरोप प्रमाणित भएको छ। रेग्मीले चार वर्षअघि कतारबाट क्युआर ७३० नम्बरको कतार एयरवेजको जहाजमा नेपाल आउँदा अवैध रुपमा ल्याएका थिए।

बेलायतबाट फिर्ता ल्याएको मदिरा रोकिदिएपछि विमानस्थलका कर्मचारीलाई केही महिनाअघि कुटपिट गरेका उनलाई अर्को संकट आइलागेको हो।

रेग्मीले २०७४ पुस ७ गते ल्याएको अवैध सुनलाई तस्करी ठहर गरेर त्रिभुवन विमानस्थल भन्सार कार्यालयले १ लाख ४० हजार ६ सय ८५ रुपैयाँ जरिवाना गरेको छ।

प्रतिक्रिया