देशभर २४८ प्रहरीमा कोरोना संक्रमण


काठमाडौँ – कोरोनाको तेस्रो लहर सुरु भएपछि देशभर गरेर दुई सय ४८ जना प्रहरी कोरोना संक्रमित भएका छन्। विभिन्न युनिटमा कार्यरत दुई सय ४८ जना प्रहरीमा कोरोना संक्रमण देखिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ। अग्रपंक्तिमा रहेर काम गर्ने प्रहरी कर्मचारीमा धेरै संक्रमण देखिएको हो।

काठमाडौं उपत्यकामा झन्डै ४० जना प्रहरीमा कोरोना संक्रमण भएको छ। भारतीय नाका क्षेत्रनजिकका युनिटमा कार्यरत प्रहरी बढी संक्रमित भएका छन्। भिडभाड नियन्त्रण र शान्तिसुरक्षामा खटिँदा प्रहरी संक्रमित भएका प्रहरी प्रधान कार्यालयले जनाएको छ।

कोरोना संक्रमण बढ्न थालेपछि प्रहरी प्रधान कार्यालयले मातहतका सबै कार्यालयमा स्वास्थ्य मापदण्ड पालना गर्न निर्देशन दिएको प्रहरी प्रधान कार्यालयका प्रवक्ता मुकुन्दराज आचार्यले जानकारी दिए।

यसअघि पहिलो र दोस्रो चरणको कोरोना महामारीका वेला पनि सयौँ प्रहरी कोरोना संक्रमित भएका थिए।

प्रतिक्रिया