भारतीय नागरिक मृत भेटिए


ताप्लेजुङ- ताप्लेजुङ सदरमुकाम फुङ्लिङमा एक भारतीय नागरिक मृत भेटिएका छन्। भारतको पूर्णिया जिल्ला घर भएका २१ वर्षीय दिलसुख कुमार आज मृत भेटिएका हुन्।

फुङ्लिङ नगरपालिका–५ स्थित एउटा होटलमा काम गर्दै आएका कुमार मृत भेटिएको प्रहरी नायब उपरीक्षक बालनरसिंह राणाले जानकारी दिए।

राति शौचालय जाने भन्दै निस्केका उनी लामो समयसम्म नफर्किएपछि खोज्न जाँदा मृत भेटिएका थिए। कुमारको शव उनको आफन्तको जिम्मा लगाइने जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

प्रतिक्रिया