अफगानिस्तानलाई भारतले थप मानवीय सहायता गर्ने


नयाँदिल्ली – भारतले ५ लाख डाेज कोभिड खोप कोभाक्सिन सहितको मानवीय सहायता अफगानिस्तानलाई प्रदान गरेको छ। भारतको बिदेश मन्त्रालयले विज्ञप्ति अनुसार उक्त सहायता काबुलको इन्दिरा गान्धी अस्पताललाई सुम्पिएको उल्लेख गरिएको छ।

विज्ञप्ति अनसार आगामी दिनमा थप ५ लाख खोप आपूर्ति गरिने बताइएको छ। भारतले अफगान जनतालाई खाद्यान्न, दश लाख डोज कोभिड-१९ खोप र अत्यावश्यक जीवन बचाउने औषधिहरू सहितको मानवीय सहायता प्रदान गर्ने प्रतिबद्धता जनाएको छ।

यसअघि गत महिना भारतले विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) मार्फत अफगानिस्तानलाई १.६ टन चिकित्सा सहायता प्रदान गरेको थियो । ‘हामीले आगामी हप्ताहरूमा गहुँको आपूर्ति र बाँकी रहेका औषधीहरूको प्रबन्ध गर्नेछौं। यस सन्दर्भमा, यातायातको लागि मोडलहरू तय गर्नका लागि हामी संयुक्त राष्ट्र संघीय निकायहरू र अन्य पक्षहरूसँग सम्पर्क राख्छौं,’ भारतको बिदेश मन्त्रालयले बताएको छ।

तालिबानले गत अगस्ट १५ मा काबुललाई आफ्नो नियन्त्रणमा लिएको थियो र त्यसपछि देश आर्थिक, मानवीय र सुरक्षा संकट बढेको छ।

प्रतिक्रिया