चितुवाको आक्रमणबाट ज्यान गुमाएका परिवारलाई दश लाख राहत


तनहुँ – डिभिजन वन कार्यालयले चितुवाको आक्रमणबाट ज्यान गुमाएका परिवारलाई प्रति परिवार रु दश लाख राहत प्रदान गरेको छ ।

आर्थिक वर्ष २०७७/७८ को हालसम्ममा जिल्लामा चितुवाको आक्रमणमा परी दश जनाले ज्यान गुमाएका थिए । उनीहरुको परिवारलाई रु दश लाखका दरले राहत वितरण गरिएको सहायक वन अधिकृत काशीराज पण्डितले जानकारी दिए ।

चितुवाको आक्रमणबाट भानु नगरपालिका–३ का ६ वर्षीय विशाल श्रेष्ठ, भानु-४ का चार वर्षीया रञ्जिता लम्साल, भानु–२ का १० वर्षीय अमृत गुरुङ, भानु-२ की आठ वर्षीया पुष्पा अधिकारी र सोही वडाका सात वर्षीय ऋतिक रोकाको मृत्यु भएको थियो ।

यस्तै भानु-१ का कुशल बानियाँ, बन्दिपुर-४ का ११ वर्षीय इशाक सुनार, शुक्लागण्डकी-३ का रवीन नेपाली, आँबुखैरेनी-१ का आठ वर्षीय पुजन सिञ्जाली र शुक्लागण्डकी-२ का नारन रानाको पनि चितुवाको आक्रमणबाट ज्यान गएको थियो ।

चितुवाको आक्रमणबाट सख्त घाइते भएकालाई जनही रु दुई लाख र सामान्य घाइतेलाई जनही रु बीस हजारका दरले उपचार खर्च उपलब्ध गराइएको पण्डितले बताए ।

भानु नगरपालिका-११ का भीमबहादुर तामाङ, भानु-१३ का चिजबहादुर कुँवर, भानु-१३ कै प्रेमबहादुर बानियाँ, भानु-२ का हेमराज सुनुवार, भानु-२ का सुलभ दाहाल, भानु- २ की सोनी अछामी, बन्दिपुर-५ का अनुप नेपाली, आँबुखैरेनी–१ की अमिसा थापा, बन्दिपुर–१ का अक्कलबहादुर चेपाङ र व्यास नगरपालिका–१२ की अढाई वर्षीया अश्विनी परियार घाइते भएकी थिइन् ।

वन्यजन्तुको आक्रमणबाट पशुधन क्षति हुँदा रु तीन लाख ४६ हजार राहत उपलब्ध गराइएको कार्यालयले जनाएको छ

प्रतिक्रिया