निःशुल्क डिम्याट खोल्दै एनआईबीएल क्यापिटल


काठमाडौं– नेपाल ईन्भेष्टमेण्ट बैंक लिमिटेडको स्वामित्वमा रहेको एनआईबिएल एस क्याप्टिल लिमिटेडले निःशुल्क डिम्याट र मेरो शेयर दर्ता सुरु गरेको छ । क्यापिटलले बुधबारदेखि लागू हुने गरी केही दिनका लागि निःशुल्क डिम्याट खाता तथा निःशुल्क मेरो शेयर दर्ता सुरु गरेको जनाएको हो ।

उक्त सेवा एनआईबिएल एस क्याप्टिल लिमिटेड लाजिम्पाट तथा यसका अन्य शाखाकार्यालय तथा नेपाल ईन्भेष्टमेण्ट बैंक लि. का देशभरका शाखाबाट लिन सकिने क्यापिटलले जनाएको छ ।

यसका अतिरिक्त एनआईबिएल एस क्याप्टिल लिमिटेडले एकै दिनमा डिम्याट खाता तथा मेरो शेयरदर्ता प्रदान गर्ने प्रतिबद्धता समेत जनाएको छ ।

एनआईबिएल एस क्याप्टिल लिमिटेडसँग आवद्ध भई आफ्नो प्रतिकृया तथा सुझाव दिई सेवाप्रवाहमा सुधार ल्याउन मद्दत गर्ने सम्पूर्ण ग्राहकहरुलाई कृतज्ञता व्यक्त गर्दै आगामी दिनमा पनि सहज रुपमा आफ्नो ग्राहकलाई भरपर्दाे सेवा प्रदान गर्ने जनाएको छ ।

प्रतिक्रिया