

माघ २ गतेदेखि उच्च र जिल्ला अदालतमा पनि गोला प्रणालीबाट पेसी तोकिने

काठमाडौं – सर्वाेच्च अदालतकाे पूर्ण बैठकले आगामी माघ २ गतेबाट जिल्ला अदालत र उच्च अदालतमा गाेला प्रक्रियाबाट पेसी व्यवस्थापन गर्ने निर्णय गरेको छ ।
आज बसेको पूर्ण बैठकले जिल्ला तथा उच्च अदालतमा गाेला प्रक्रियाबाट पेसी व्यवस्थावनका लागि आवश्यक नियमावली र निर्देशिका पारित गरेपछि माघ २ गतेबाट गाेला प्रक्रिया कार्यान्वयनमा आउने भएको हो ।
सर्वोच्च अदलातमा गत मंसिर १५ गतेदेखि गोला प्रणालीबाट पेसी तोकिँदै आएको छ ।

