

उपत्यकाका तीनवटै जिल्लामा निःशुल्क कोरोना खोप अभियान, कहाँ कति बजे जाने?

काठमाडाैँ – सरकारले काठमाडौं उपत्यकाका तीनवटै जिल्लामा कोरोनाविरुद्ध खोप लगाउने अभियान सञ्चालन गरिरहेको छ। काठमाडौं, ललितपुर र भक्तपुरका विभिन्न खोप केन्द्रमा गई १८ वर्षभन्दा माथि उमेरका र गर्भवती भएको ३ महिना नाघेका सबै नागरिकलाई जति सक्दो छिटो खोप लगाउन स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अनुरोध गरेको छ।

