१६ किलो चरेससहित कैलालीबाट २ जना पक्राउ


धनगढी – नेपालमा प्रतिबन्धित लागुऔषत चरेससहित कैलालीबाट दुई जना पक्राउ परेका छन् ।

गत आइतबार राति विशेष सूचनाका आधारमा सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय र जिल्ला प्रहरी कार्यालयबाट खटिएको टोलीले चुरे गाउँपालिकाको खानीडाँडाबाट १६ किलो चरेससहित दुई जनालाई पक्राउ गरेको हो ।

बझाङबाट धनगढीतर्फ आइरहेको से१ज ७१८ को जिपको सिटमुनि लुकाएर ल्याउँदै गरेको अवस्थामा चालक बझाङकै बुङगल नगरपालिका-११ का २८ वर्षीय वीर बोहरा र ४० वर्षीय गमीलाल बोहरालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायब उपरीक्षक वेदप्रकाश जोशीले बताए ।

उनीहरू दुवै जनालाई नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया