

चितवनको नाग्दीखोला नजिकै पहिरो, पृथ्वीराजमार्ग अवरुद्ध

चितवन — पृथ्वी राजमार्ग अन्तर्गत चितवनको नाग्दी खोला नजिकै पहिरो खस्दा यातायात अवरूद्ध भएको छ ।
इच्छाकामना गाउँपालिका–४ घोप्टेभिरमा मंगलबार राति ११ः४५ बजेतिर पहिरो खसेर सडक अवरूद्ध भएको इलाका प्रहरी कार्यालय मुग्लिनले जनाएको छ ।
पहिरोले सडक अवरूद्ध भएपछि दुबैतर्फ दर्जनौँ सवारीसाधनको लाइन लागेको छ । ठूलो पहिरो खसेकाले सडक खुलाउन केही समय लाग्ने प्रहरीले जनाएको छ ।
बिहानैदेखि सडक खुलाउनका लागि प्रयास भईरहेको पनि प्रहरीले जनाएको छ ।

