
कांग्रेसको नवनिर्वाचित पदाधिकारी र केन्द्रीय सदस्यलाई भोली प्रमाणपत्र वितरण
काठमाडौं – नेपाली कांग्रेसले १४ औं महाधिवेशनबाट निर्वाचित पदाधिकारी र केन्द्रीय सदस्यहरुलाई भोली (शनिबार) प्रमाणपत्र वितरण गर्ने भएको छ । सचिव केशव रिजालका अनुसार शनिबार बिहान ११ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा प्रमाणपत्र वितरण गर्ने कार्यक्रम रहेकाले सबै पदाधिकारी र सदस्यहरुलाई उपस्थित हुन भनिएको छ ।
कांग्रेस केन्द्रीय कार्यालयले प्रमाणपत्र वितरण कार्यक्रममा नवनिर्वाचित केन्द्रीय कार्यसमितिका सबै पदाधिकारी र सदस्यहरुलाई उपस्थित हुन सूचना जारी गरेको छ ।
नेपाली कांग्रेसको १४औं महाविधेशनबाट सभापतिसहित १३ पदाधिकारी र १२१ केन्द्रीय सदस्य निर्वाचनबाट चयन भएका छन् । विधान अनुसार १६७ सदस्यीय हुने केन्द्रीय कार्यसमितिका बाँकी ३३ जना मनोनीत हुनेछन् । निर्वाचित केन्द्रीय कार्यसमितिमा सभापति शेरबहादुर देउवा पक्षले दुई तिहाइभन्दा बढी पदमा जित हासिल गरेको छ ।
पदाधिकारीमा सभापति, दुई उपसभापति, दुई महामन्त्री र आठ सहमहामन्त्री महाधिवेशनबाट निर्वाचनबाट आएका छन् । कोषाध्यक्ष भने निर्वाचित केन्द्रीय सदस्यमध्येबाट मनोनीत हुनेछन् ।



कागजपत्र |
