मल्ल थरकी युवतीसँग भागी विवाह गरेका चन्द्र लुवार ६ दिनदेखि बेपत्ता


हुम्ला – हुम्लाका एक युवक ६ दिनदेखि बेपत्ता छन् । सर्केगाड गाउँपालिका–१, जैरका १८ वर्षीय चन्द्र लुवार बेपत्ता भएको भन्दै प्रहरीमा उजुरी परेको कर्णाली प्रदेश प्रहरीले जनाएकाे छ ।

२९ मंसिरबाट लुवार बेपत्ता भएको भन्दै प्रहरी कहाँ खबर आएको थियो । ‘खबर आएपछि सुरुमा प्रहरी निरीक्षकको नेतृत्वमा टोली खटिएको थियो, तर नभेटिएपछि जिल्लाका डीएसपी आफैं खोजीमा गएका छन् । अहिलेसम्म उनको अत्तोपत्तो लागेको छैन।’ कर्णाली प्रदेश प्रहरी प्रमुख गणेशबहादुर ऐरले बताए ।

उनका अनुसार चन्द्र हराएको भनिएको स्थान पुग्न सदरमुकामबाट दुई दिन पैदल यात्रा गर्नुपर्छ । मुगुको सोरु गाउँपालिका–४, लिब्रुकी एक जना १७ वर्षीय मल्ल थरकी युवतीसँग उनले एक-दुई महिनाअघि भागी विवाह गरेका थिए ।

अन्तरजातीय विवाह गरेका उनकाे केटी पक्षका व्यक्तिहरु २९ मंसिरमा घरमा कुटपिट गर्दै लगेको केटा पक्षको आरोप छ । तर केटी पक्षले चाहिँ छोरीलाई मात्र लिएर गएको दाबी गरिरहेको छ ।

केटी मल्ल, केटार लुहार भएपछि कुरा नमिलेर झगडा भएको भन्ने छ । स्रोतका अनुसार अहिले प्रहरीले युवती र उनका बुबालाई पनि नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया