कोरोना त्रास : बेलायत र डेनमार्कका यात्रुमाथि इजरायलमा प्रतिबन्ध


काठमाडौं – इजरायलले बेलायत र डेनमार्कबाट फर्कने यात्रुहरुमाथि प्रतिबन्ध लगाएको छ ।   कोरोनाको नयाँ भेरियन्ट ओमिक्रोनको त्रास बढेको भन्दै यी देशका यात्रामा राेक लगाएकाे हाे ।

साथै मुलुकभित्रका नागरिकहरुलाई ती देशको यात्रामा जान प्रतिबन्ध लगाएको छ । ओम्रिकोनको संक्रमण बढेको भन्दै इजरायलले गतमहिनादेखी नै बोर्डर बन्द गर्दै आएकोमा हालै खोप लगाएका व्यक्तिहरुलाई प्रवेश अनुमति दिएको थियो ।

आगामी आइतबारसम्ममा फ्रान्स, स्पेन, आयरल्याण्ड, स्वीडेन र युनाईटेड अरब ईमिरेट्स लगायतका देशमासमेत यात्रा प्रतिबन्धको तयारी गरिएको छ। एजेन्सी

प्रतिक्रिया