कांग्रेस महामन्त्रीमा गगन थापा विजयी

दोस्रो महामन्त्रीका लागि विश्वप्रकाशको सम्भावना बलियो


काठमाडौं – नेपाली कांग्रेसको महामन्त्री पदमा गगन थापा विजयी भएका छन् ।

४६७९ मत खसेकोमा हालसम्म ३९९० मत गनिएको भने अब ६८९ गन्न बाँकी रहेको छ । यस अवस्थामा गगनको दाेस्रो स्थानमा रहेका विश्वप्रकाश भन्दा ८५५ मतले अघि रहेका छन् । अब दोस्रो उम्मेदवारले गन्न बाँकी सबै मत ल्याए पनि गगन थापा विजयी हुने भएका हुन् ।

प्रारम्भिक गणनादेखिनै लिएको अग्रता गगन थापाले बढाउँदै लगेका छन्। गनिएको मतमध्ये महामन्त्रीका उम्मेदवार गगन थापाले २५८१ मत पाएका छन्।

यस्तै विश्व प्रकाश शर्माले १६४६ मत प्राप्त गरेका छन्। शर्मालाई पछ्याउँदै प्रकाशशरण महतले १३२७ मत ल्याएका छन्। यस्तै महतलाई पछ्याउँदै प्रदीप पौडेलको ११८८, मिनेन्द्र रिजालले ६८७ र राजाराम कार्कीले ८८  मत ल्याएका छन् ।

कांग्रेसको दुई महामन्त्रीका लागि ६ जना उम्मेदवार छन्। जसमा गगन थापा, विश्वप्रकाश शर्मा, डा. प्रकाशशरण महत, डा. मिनेन्द्र रिजाल, प्रदीप पौडेल र डा. राजाराम कार्की छन्।

काँग्रेस महामन्त्रीमा दुई जना महामन्त्रीका लागि ६ जनाबीच प्रतिस्पर्धा हुँदा एक मतदाताले २ जनालाई भोट हाल्न पाउँछन्। अर्थात एक मतपत्रमा दुई जनालाई भोट हाल्न पाइन्छ।

प्रतिक्रिया