छायांकन सकिएकाे २ वर्षपछि प्रदर्शनमा आउँदै ‘लक्का जवान’


काठमाडौं – हास्य कलाकार शिवहरी पौडेलको निर्देशन रहेको फिल्म ‘लक्का जवान’ आगामी नयाँ वर्षमा प्रदर्शनमा आउने भएको छ । फिल्मको वैशाख २३ गते रिलिज मिति तय भएको निर्माण युनिटले जनाएको छ ।

कमेडी विषयवस्तुमा निर्माण भएको फिल्म यसअघि २०७६ चैत २१ गतेलाई प्रदर्शन मिति तोकेर प्रचारप्रसार गरेर पनि रिलिज हुन सकेको थिएन ।

पौडेलको डेब्यु निर्देशन रहेको फिल्ममा प्रियंका कार्की, दिलीप रायमाझी, सलोन बस्नेत, वर्षा सिवाकोटी, किरण केसी, राजाराम पौडेल, शिवहरि पौडेल, सुशील पोखरेल, सुरेन्द्र केसी, जयनन्द लामा लगायतको अभिनय छ ।

बाबुल गिरीको संगीत, कविराज गहतराजको कोरियोग्राफी र पुरुषोत्तम प्रधानको छायांकन रहेको फिल्ममा अन्सुया श्रेष्ठको अलवा किरण केसी, शिवहरि पौडेल, राज केसी, सुरेन्द्र केसी र दीपेन्द्र खनियाँ निर्माताको रुपमा रहेका छन् ।

प्रतिक्रिया