स्पष्टीकरण खाएका सशस्त्र एसएसपी सांसद रामकुमारी झाँक्रीका दाजु!
काठमाडौं– सामाजिक सञ्जालमा संगठनको नीतिविपरित विभिन्न पोष्ट गरेका कारण स्पष्टीकरणको भागीदार बनेका सशस्त्र प्रहरी बरिष्ठ उपरिक्षक (एसएसपी) गणेश ठाडामगरलाई नेपाल कम्युनिस्ट पार्टी (नेकपा) सांसद रामुकमारी झाँक्रीले जोगाउँदै आएको खुलेको छ।
नेत्री झाँक्रीले एसएसपी ठाडामगरलाई दाईका रुपमा स्वीकारेकी छन्। जसको बलमा उनले संगठनले लागु गरेको नीतिलाई बेवास्ता गर्दै फेसबुकलगायतमा मनपरी पोष्ट गर्दै आएको बताइन्छ।
शसस्त्र प्रहरी बलको इन्टेलिजेन्स ब्युरो प्रमुखको जिम्मेवारीमा रही डिआईजी बढुवाको रोलक्रममा रहेका ठाडामगरले झाँक्रीमार्फत नेकपाका अन्य नेतामा आफ्नो पहुँच रहेको दाबी समेत गर्दै आएका छन्।
एसएसपी ठाडामगरले गत बर्ष पूर्वराजा ज्ञानेन्द्र शाहलाई कमेन्टमार्फत गाली गरेका थिए भने अमेरिकाको ४६ औं राष्ट्रपतीय निर्वाचनका बारेमा पनि मनलाग्दी पोष्ट गरेका थिए।
‘सशस्त्र प्रहरीको अधिकारी भएपछि फेसबुकलगायत सामाजिक सञ्जालमा अमर्यादित हुने छुट कसैलाई छैन’, प्रधान कार्यालयका एक जना अधिकारी भन्छन्,‘संगठनले तोकेको नीतिनियमभित्र रहनुपर्छ भन्ने आदेश सबैतिर छ।’
एसएसपी ठाडामगरले अमेरिकी चुनावका बेला गरेको सामाजिक सञ्जालको हर्कतका कारण स्पष्टीकरण समेत दिनु परेको थियो। प्रधान कार्यालयले उनलाई लिखित स्पष्टीकरण माग गरेको थियो।
सत्तारुढ पार्टीका नेतासँगको सम्बन्धको बलमा नै संगठनमा माथाहतमा रहेका कर्मचारीलाई उनी हप्कीदप्की गर्ने गरेको गुनासो पनि प्रधान कार्यालयमा पुगेको छ।