एआईजी पोखरेल भारत भ्रमणमा


काठमाडौं – बिहिबार सौर्य एयरलाइन्सबाट झापा पुगेका नेपाल प्रहरीका अतिरिक्त महानिरीक्षक (एआईजी) विश्वराज पोखरेल त्यतैबाट सुटुक्क भारत गएका छन्।

झापाबाट भारतको बागडुरा विमास्थल हुँदै उनी हैदारावादतर्फ लागेको प्रहरी प्रधान कार्यालयले जनाएको छ। एआईजी पोखरेलको भारत भ्रमणलाई महत्वका साथ हेरिएको छ।

हालका प्रहरी महानिरीक्षक (आईजी) शैलेश थापा क्षेत्रीको अवकाशपछि आईजी हुने प्रतिस्पर्धामा छन् पोखरेल। आईजी क्षेत्री र उनका ब्याचमेटहरु ०७९ वैशाख १९ मा अनिवार्य अवकाशमा जाँदै छन्।

क्षेत्रीको अवकाशपछि आईजीपी बन्न पोखरेल र अर्का एआईजी सहकुल थापाको बिचमा प्रतिस्पर्धा हुनेछ। पोखरेल र थापालाई पूर्ववर्ती केपी शर्मा ओली सरकारले दरबन्दी थप गरेर एआईजी बनाएको हो।

एआईजी पोखरेल एक साताका लागि बिदामा बसेको स्रोतको भनाइ छ। एआईजी पोखरेलको सचिवालयले समेत भारत गएको कुरा पुष्टि गरेको छ।

प्रतिक्रिया