कांग्रेस प्रदेश अधिवेशन: गण्डकीमा मतदान सकियो, मतगणना राति हुने


पोखरा – नेपाली कांग्रेस गण्डकी प्रदेश समिति चयनका लागि मतदान सकिएको छ । कुल एक हजार एक सय ६६ प्रतिनिधि रहेकोमा एक हजार एक सय ४६ मत खसेको कांग्रेस निर्वाचन समितिले जानकारी दिएको छ ।

समितिका अनुसार तीनवटा समूहमा विभाजन गरेर मतगणना रातिबाटै पोखरा उद्योग वाणिज्य संघमा सुरु गरिनेछ । गण्डकी प्रदेशमा संस्थापन पक्ष र संस्थापन इतर पक्षले प्यानलसहितको प्रतिस्पर्धामा छन् ।

सभापति, उपसभापति, महमन्त्री र सहमहामन्त्रीसहित सबैमा गरेर ६८ पदका लागि १ सय ५० जनाको प्रतिस्पर्धा छ । संस्थापन पक्षबाट सभापतिमा अर्जुन जोशी र संस्थापन इतर पक्षबाट सभापतिमा शुक्रराज शर्मा प्रतिस्पर्धामा छन् ।

जोशी प्यानलबाट उपसभापतिमा मेखलाल श्रेष्ठ र नेत्रबहादुर महत, शर्माको प्यानलबाट उपसभापतिमा हरिप्रसाद श्रेष्ठ र कल्पना तिवारी प्रतिस्पर्धामा छन् ।

प्रतिक्रिया