नेपाली कांग्रेस रौतहटः विजयी पदाधिकारीले प्रमाणपत्र नपाएपछि तनाव


रौतहट– नेपाली कांग्रेसको जिल्ला अधिवेशन अन्तर्गत रौतहटमा विजयी पदाधिकारीले प्रमाणपत्र नपाउँदा तनाव भएको छ ।  विजयी पदाधिकारी पक्षका स्थानीय नेता तथा कार्यकर्ताले प्रमाणपत्र वितरणका लागि खबरदारी गरेका छन् ।

नेपाली कांग्रेस रौतहट क्षेत्र नम्बर ४ को निर्वाचित क्षेत्रीय कार्यसमिति र महाधिवेशन प्रतिनिधीहरूको प्रमाणपत्र बनाउन कृष्णा यादव समूहले अवरोध गरेको थियो । शुरुमा यादबले सर्वसहमति भन्दै चुनाव नै रोके पनि गत मंसिर ४ गते १ सय ५१ जनाले लिखित रुपमै निर्वाचनको आग्रह गर्दै जिल्ला निर्वाचन अधिकृतलाई पत्र बुझाएका थिए ।

यादब समूह दबाब बढेपछि चुनाव गराउन बाध्य भए पनि परिणाम आइसकेपछि प्रमाणपत्र वितरणमा अवरोध गरेको छ। यादवले अलोकतान्त्रिक चरित्र देखाएको भन्दै स्थानीय कार्यकर्ताले प्रदर्शन गरेका छन् ।

चुनावमा संस्थापन पक्षका सबै उम्मेदवारले हारेपछि बिहीबारदेखि नै प्रमाणपत्र दिन रोकिएको छ।  स्थानीय कांग्रेस कायकर्ताले छिट्टै निर्वाचन प्रमाणपत्र नदिए आन्दोलन गर्ने तयारी गरेका छन्।

प्रतिक्रिया