एपीएफ टोलीद्वारा चोरीपैठारीको सामान बरामद
काठमाडौं – बाँके जिल्लाको नेपालगञ्ज उपमहानगरपालिका १५ स्थित जमुनाह भन्सार ईलाकाबाट मंसीर २६ गते एपीएफ टोलीले करीव दुई लाख ६० हजार रुपैयाँ बराबरको चोरीपैठारीको लत्ताकडा बरामद गरेको छ ।
भारतबाट अवैध रुपले भन्सार छली नेपालतर्फ ल्याँउदै गरेको उक्त लत्ताकपडा सशस्त्र प्रहरी बल, नेपाल नम्बर ३० गण बाँकेबाट खटिएको एपीएफ टोलीले बरामद गरेको हो ।
बरामद लत्ताकपडा भन्सार कार्यालय नेपालगञ्जमा बुझाईएको छ । यसैगरी सशस्त्र प्रहरी बल, नेपाल बोर्डर आउट पोष्ट काँकडभिट्टाबाट खटिएको एपीएफ टोलीले मंसीर २५ गते करीव एक लाख ७६ हजार रुपैयाँ बराबरको चोरीपैठारीको सामान बरामद गरेको छ ।
भन्सार छली ल्याउँदै गरेको उल्लेखित मुल्य बराबरको किराना सामान, मोटर पार्ट्स र औषधी एपीएफ टोलीले झापा जिल्लाको मेचीनगर नगरपालिका ५ स्थित सीमा ईलाकाबाट बरामद गरेको हो । बरामद सामान भन्सार कार्यालय मेचीनगरमा बुझाईएको छ ।
यसैगरी बाँके जिल्लाको नेपालगञ्ज उपमहानगरपालिका १६ स्थित सीमा ईलाकाबाट मंसीर २६ गते एपीएफ टोलीले करीव दुई लाख २२ हजार रुपैयाँ बराबरको चोरीपैठारीको मोटरसाईकलको पार्ट्स बरामद गरेको छ ।
भारतबाट अवैध रुपले नेपालतर्फ ल्याउँदै गरेको उक्त मोटरसाईकलको पार्ट्स सशस्त्र प्रहरी बल, नेपाल बोर्डर आउट पोष्ट जयसपुरबाट खटिएको एपीएफ टोलीले बरामद गरेको हो । बरामद मोटरसाईकलको पार्ट्स भन्सार कार्यालय नेपालगञ्जमा बुझाईएको छ ।