
सेकुवा कर्नरबाट चितुवाको छालासहित ३ पक्राउ
काठमाडौं – महानगरीय अपराध महाशाखाले एयरपोर्टबाट चितुवाको छालासहित ३ जनालाई पक्राउ गरेको छ ।
विशेष सूचनाको आधारमा महाशाखाबाट खटिएको एक टोलीले काठमाडौंको एयरपोर्ट एरियामा केही व्यक्तिहरुले प्रतिबन्धित दुर्लभ चितुवाको छाला अबैध रुपमा बिक्रि वितरण गर्नको लागी लुकाई छिपाई ल्याई राखेको छ भन्ने बिशेष सुचनाको आधारमा मिति मंगलबार एयरपोर्ट नजिकको एयरपोर्ट सेकुवा कर्नरबाट ३ जनालाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा नुवाकोट शिवपुरी गाउँपालिका वडा नं. २ घर भई हाल गोकर्णेश्वर–३ बस्ने २८ वर्षका विशाल तामाङ, सोही ठाउँका ३२ वर्षीय विनोद तामाङ र चितवन जिल्ला राप्ती नगरपालिका वडा नं. १ घर भई हाल काठमाडौंको गोकर्णेश्वर बस्ने ४२ वर्षीय कामी सिंह स्याङतानलाई चितुवाको १ थान छालासहित पक्राउ गरेको हो । उनीहरुलाई थप अनुसन्धानका गरी आवश्यक कारबाहीको लागी बुधबार जिल्ला बन कार्यालय पठाइएको जनाइएको छ ।



कागजपत्र |
