साउदी अरबमा पनि भेटिए कोरोनाको नयाँ भेरिएन्ट ‘ओमिक्रोन’ संक्रमित


रियाद – साउदी अरबमा बुधबार पहिलोपटक कोरोना भाइरसको नयाँ भेरिएन्ट ‘ओमिक्रोन’ संक्रमित भेटिएको छ ।

संक्रमण रोकथामलाई कडा प्रतिबन्धहरु लागू गरिरहँदा साउदीमा निकै संक्रामक मानिएको भेरिएन्ट पुष्टि भएको अलजजिराले जनाएको छ ।

उत्तर अफ्रिकी मुलुकबाट रियाद पुगेका साउदी अरबका नागरिकमा संक्रमण पुष्टि भएको थियो र उनलाई अहिले आइसोलेसनमा राखिएको त्यहाँको स्वास्थ्य मन्त्रालयले जनाएको छ । यसैबीच, नाइजेरियामा पनि पहिलोपटक बुधबार भेरिएन्ट संक्रमण पुष्टि भएको छ ।

प्रतिक्रिया