
चिनियाँ नागरिकलाई जेलबाट छुटाइदिन्छु भन्दै २० लाख ठग्ने रविना पक्राउ
काठमाडौं — जर्बजस्ती करणीमा जेल परेका चिनियाँ नागरिकलाई छुटाइदिन्छु भन्दै २० लाख ठगी गर्ने एक युवती पक्राउ परेकी छिन् । जबर्जस्ती करणी उद्योग मुद्दामा गत असार १८ गते पक्राउ परी हाल पुर्पक्षको लागी डिल्लीबजार कारागार चारखाल थुनामा रहेका चिनियाँ नागरिक लि यूलाई थुनामुक्त गराई दिने भन्दै पैसा माग्ने काभ्रे जिल्ला पनौती नगरपालिका वडा नं. १० घर भई हाल बुढानिलकण्ठ–१० सुकेधारा शान्तिकोलोनी बस्ने रविना थपा पक्राउ परेकी हुन् ।
उनले निज चाईनिज नागरिकको श्रीमती जिल्ला चितवन रत्ननगर न.पा. वडा नं. ३ टाँडी घर भई हाल का.जि. बुढानिलकण्ठ न.पा वडा नं.१० सुकेधारा बस्ने कमला भुषालसँगलाई मञ्जु ओली समेतको सहयोगमा आफ्नो मान्छे वकिल छन्, उनले न्यायाधिश, वकिल सबै चिनेका छन्, सेटिङ मिलाई तपाईको श्रीमान् लाई धरौटीमा छुटाई दिन्छु, सेटिङ गर्नको लागि खर्च लाग्छ, मैले भने अनुसार रकम दिदै जानु, तपाईको श्रीमान् लाई निकाली दिन्छौ भनी बिस्वास दिलाई प्रलोभनमा पारी छुटाई दिने भनि रु २० लाख रकम लिई ठगी गरेको भन्ने उजुरी परेपछि महाशाखाबाट खटिएको टोलीले पक्राउ गरेको हो ।
भुषालले थापा र मञ्जु ओलीका विरुद्ध उजुरी दिएपछि महाशाखाको टोलीले आइतबार थापालाई काठमाडौं जिल्ला काठमाडौं महानगरपालिका वडा नं. १५ छाउनीबाट पक्राउ गरेको थियो । त्यसपछि निजलाई ठगी सम्बन्धी कसुरमा सोमबार कारबाहीका लागि महानगरीय प्रहरी परिसर टेकु पठाइएको पनि जनाइएको छ ।



कागजपत्र |
