मौसमले साथ नदिएको एमाले महाधिवेशन!


काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (एमाले)को १० औं राष्ट्रिय महाधिवेशन आजदेखि चितवनमा सुरु हुँदैछ। महाधिवेशनको उद्घाटस्थल नारायणी नदी किनारमा हजारौंको संख्यामा मानिसहरुको भीडसँगै चहलपहल छ।

देशका विभिन्न स्थानबाट महाधिवेशनमा सहभागी हुन नेता तथा कार्यकर्ताहरुको उपस्थिति हुने क्रम सुरुसँगै नदी किनारमा चहलपहल बढेको हो। महाधिवेशन सुरु हुनलाग्दा चिवनको मौसम भने धूमिल छ। एकले अर्कोलाई नजिकबाट देख्न पनि मुस्किल रहेको छ।

अहिले चितवनको आकाश सफा छैन। भिजिविलिटी कम छ। मध्यान्हसम्म आकाश अझै राम्ररी खुलेको छैन। चीसो बढेको छ। चितवन मात्र नभई काठमाडौंलगायत आसपासका क्षेत्रको मौसम पनि सफा छैन। मौसम सफा नहुँदा विमानहरु ‘डिले’ भएको छ।

हुस्सु र कुहिरोले ढक्कमक्क भएको नारायणी नदी किनारमा एमाले नेताहरु पुगिसकेका छन्। पार्टी अध्यक्ष केपी शर्मा ओलीले मध्यान्ह १२ः ४५ बजे महाधिवेशनको उद्द्दाटन गर्नेछन्।

प्रतिक्रिया