

एमाले महाधिवेशनः अध्यक्ष ओली बसेको पार्क सफारी रिसोर्टमा नेताहरुको चहलपहल (फोटोफिचर)

सौराहा – आजदेखि सुरु हुन लागेको नेकपा एमालेको १० औं महाधिवेशन अगाडी एमाले नेताहरु छलफलमा व्यस्त रहेका छन् ।
एमाले अध्यक्ष ओली सौराहास्थित पार्क सफारी रिसोर्टमा बास बसेका छन् । ओली यहीँबाट महाधिवेशन उद्घाटनस्थल नारायणी किनारमा अहिले साढे ११ बजे हिँड्ने तयारीमा रहेका छन् ।
महाधिवेशन उद्घाटनको केही समयअगाडि ओली बसेको रिसोर्टमा एमालेका नेताहरु छलफलमा व्यस्त रहेका छन् ।
आगामी नेतृत्वका साथै अन्य पदाधिकारीका लागि ईश्वर पोखरेल, सुवासचन्द्र नेम्बाङ, विष्णु पौडेल, महेश बस्नेत, पृथ्वीसुब्बा गुरुङ, सुरेन्द्र पाण्डे, शंकर पोखरेल, रघुबीर महासेठबीच छलफल हुँदै गरेको दृश्य देखिएको छ । साथै छलफल चलिरहेको उक्त रिसोर्टमा व्यवसायी दुर्गा प्रसाइ पनि रहेका छन् ।
बरिष्ठ उपाध्यक्षका लागि ईश्वर पोखरेल र सुवासचन्द्र नेम्बाङको चर्चा चलिरहेको बखत उनीहरु पनि साथै देखिएका छन् ।

