रसुवामा जीप दुर्घटना : एककाे मृत्यु, ६ जना घाइते


रसुवा – रसुवाको गोसाईँकुण्ड गाउँपालिका ६ ठाडेमा जीपले ठक्कर दिँदा हुँदा एक जनाकाे ज्यान गएकाे छ । दुर्घटनामा ज्यान गुमाउनेमा ठाडेकी चार वर्षीया बालिका नेबी घले रहेकी छिन् ।

यस्तै घाइते हुनेमा ३० वर्षीय ऊर्जा घले, आठ वर्षीया करन, ५० वर्षीय मारग्याल्बो घले घाइते भएका छन् । घाइते एक जनाकाे नाम भने खुलेको छैन । यस्तै दुर्घटनामा जीप चालक दोर्जे तामाङ र अर्का एक जना पनि घाइते भएका छन् ।

घाइतेहरूलाई उपचारका लागि त्रिशूली र धुन्चे पठाइएको प्रहरी नायब उपरीक्षक (डीएसपी) देवेन्द्र पाण्डेले बताए ।सडकमा हिँडिरहेका पैदलयात्री जोगाउन खोज्दा १ ज ६१७६ नम्बरको जीप अनियन्त्रित भएर दुर्घटना भएको हो ।

प्रतिक्रिया