गायन प्रतिभा खोजी गर्दै ‘नेपाल्स सिङ्गिङ सुपरस्टार’


काठमाडौं – भ्वाइस स्टार नेपालले गायन प्रतिभा पहिचान गर्न ‘नेपाल्स सिङ्गिङ सुपरस्टार’ नामक रियालिटी शो निर्माण गर्ने भएको छ । इमेज टिभी एचडीबाट प्रसारण हुने शोका लागि इमेज टिभी एचडी र भ्वाइस स्टार नेपालबीच सम्झौता भएको छ ।

इमेज एचडीका तर्फबाट कार्यकारी अधिकृत महेन्द्र विष्ट र नायब महाप्रबन्धक सुरेश शर्मा तथा भ्वाइस स्टार नेपालका तर्फबाट क्रियटिभ डाइरेक्टर रवी श्रेष्ठ र सुरज जोशीले सम्झौतामा हस्ताक्षर गरेका थिए। निर्देशक रवीले रियालिटी शोमा संगीतिक क्षेत्रमा संघर्षरत गायकगायिका तथा दुरदराजमा रहेका प्रतिभालाई स्थान दिइने बताए ।

उनका अनुसार शोका लागि पहिलो चरणमा डिजिटल अडिसनबाट प्रतिष्पर्धीहरुको छनोट गरिनेछ । डिजिटल अडिसन पुषको पहिलो साताबाट खुल्ला हुनेछ । डिजिटल अडिसनबाट छानिएका प्रतिभालाई फिजिकल अडिसनमा सामेल गराइनेछ ।

२५ श्रृंखलासम्म चल्ने प्रतिष्पर्धामा विजयी हुने प्रतियोगीले २५ लाख नगद पाउनेछन् । विजेतको घोषणा दर्शकले दिएको भोटका आधारमा नै हुनेछ । भोटका लागि सजिलो पे भोटिङ पार्टनर बनेको छ ।शोको निर्णायकहरु पक्का भइसकेका छन् । तर, प्रचारको लागि ‘गेस द जजेज’ क्याम्पिन हुनेछ । उक्त क्याम्पेनमा विजयी हुनेले उचित पुरस्कार पाउनेछन् ।

प्रतिक्रिया