बालुवाटारबाट गलहत्त्याएर बालकोट र सातै प्रदेशबाट घरघरमा पुर्‍याउने काम जनताले गरे : प्रचण्ड


काठमाडौँ – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले फेरि माओवादीको पक्षमा लहर आउने बताएका छन् ।

आज चितवनमा आयोजित अगुवा कार्यकर्ता भेटघाट तथा प्रशिक्षण कार्यक्रममा अध्यक्ष प्रचण्डले देशैभरि फेरि माओवादीको पक्षमा लहर आउँदै गरेको बताएका हुन् । उनले सङ्गठनात्मक रूपमा अस्तव्यस्त र आत्मबल कमजोर हुँदा प्रतिक्रियावादीले टाउको उठाउने गरेको पनि बताए छन् । तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले दुई पटक प्रतिनिधिसभा विघटन गरेको घटनालाई ‘प्रतिक्रियावादी र प्रतिक्रान्तिको षड्यन्त्र’ भएको बताए । माओवादी कमजोर हुँदा प्रतिक्रियावादीले टाउको उठाएको पनि प्रचण्डको भनाइ छ ।

माओवादी जनयुद्ध र जनआन्दोलनबाट प्राप्त उपलब्ध उल्ट्याउन षडयन्त्र भएपछि हामीले सडकबाट विद्रोह गरेर प्रतिनिधिसभा पुनर्स्थापना गरेको पनि उनले बताए । एमाले प्रतिक्रान्तिकारी भएको पनि उनले बताए ।

बालुवाटारबाट गलहत्त्याएर बालकोट र सातै प्रदेशबाट गलहत्त्याएर घरघरमा पुर्‍याउने काम जनताले गरेको पनि उनले बताए । ‘जनता र क्रान्तिकारीमा फेरि नयाँ आशा, भरोसा र विश्वास पैदा भएको छ । हामी सुस्ताएका थियौँ, अब फेरि जागेका छौँ भनेर जनतासामु भन्न सक्नुपर्छ,’ उनले भने ।

अहिले राष्ट्रपति र प्रधानमन्त्री जोसुकै भए पनि देश माओवादीको वरपरै नै रहेको उनको उनले दाबी गरे ।

प्रतिक्रिया