सिन्धुपाल्चोकमा जन्ती बोकेको बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु


सिन्धुपाल्चोक – सिन्धुपाल्चोक बाहुनेपाटीमा जन्ती बोकेको बसले मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ ।

सिन्धुपाल्चोकबाट काठमाडौं तर्फ आईरहेको हेलम्बु यातायातको जन्तीबसले मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालक नुवाकोट घर भएका बासु बस्नेतको मृत्यु भएको हो । आज (सोमबार) बिहान ८ बजे सिन्धुपाल्चोकको बाहुनेपाटीमा बा ४ छ ७७६६ नम्बरको बसले ०२०२० बा.प्र. २११४ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको मेलम्ची नगरपालिकाका स्थानीय चेत घोरासैनीले जानकारी दिए ।

बसको ठक्करबाट मृत्यु भएपछि स्थानीयले बसमा तोडफोड गरेका छन् । घटनास्थलमा प्रहरीले अनुसन्धान सुरु गरेको छ भने बसका चालक फरार भएका छन् । मृतक बस्नेत मेलम्चीमा रहेको मेरो फाइनान्स कम्पनीका कर्मचारी हुन् ।

प्रतिक्रिया