तालिबानको अनपेक्षित घोषणा, टेलिभिजनहरु बन्द गर्नुपर्ने अवस्थामा पुग्ने चिन्ता


काठमाडौं – अफगानिस्तानमा सरकार चलाइरहेको तालिबानले महिलालाई टेलिभिजनको नाटकमा खेल्न प्रतिबन्ध लगाएको छ । तालिबान सरकारले जारी गरेको नयाँ नियमअनुसार महिला पत्रकार र प्रस्तोताले स्क्रिनअगाडि टाउको ढाक्नु पर्नेछ । यद्यपि ढाउको ढाक्ने कपडा कस्तो हुनुपर्छ भन्ने अहिले सार्वजनिक गरिएको निर्देशिकामा उल्लेख छैन ।

अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले उल्लेख गरेअनुसार अहिले तालिबानले ल्याएका केही नियम अस्पष्ट र व्याख्या आवश्यक पर्ने किसिमका छन् । गत अगष्टको मध्यमा अफगानिस्तानलाई आफ्नो नियन्त्रण लिएको तालिबानले त्यसयता निरन्तर निकै कडा किसिमको नियम लगाउँदै आएको छ ।

तालिबानले छात्राहरुलाई विद्यालय जानबाट रोक लगाएको जस्तै नियम लगाएको छ । सन् १९९० को दशकमा तलिबानले अफगानिस्तानमा शासन चलाउँदा पनि महिलालाई शिक्षा र रोजगारीबाट बञ्चित गराइएको थियो ।अहिले तालिबानले सार्ववजनिक गरेको निर्देशिकामा आठओटा नयाँ नियम लगाइएको छ ।

जसमा धर्मको बेइज्जत गर्ने र अफगानिस्तानका नागरिकविरुद्धको कुनै पनि हास्य कार्यक्रम पनि सञ्चालन गर्न पाइने छैन । विदेशी संस्कृति झल्किने कुनै पनि विदेशी फिल्म प्रशारण गर्न पाइने छैन ।अफगानिस्तानको पत्रकारका संगठनका एक सदस्य हुजातुल्लाह मुजाडेड्डीले तालिबानको घोषणा अनपेक्षित रहेको बताए । यो नियम मान्ने हो भने टेलिभिजनहरु बन्द गर्नुपर्ने अवस्थामा पुग्ने उनको भनाइ छ ।

प्रतिक्रिया