दाङमा एकै महिनामा ४४ जुवाडे पक्राउ, ९ लाख बढी राजश्व संकलन


घोराही – दाङमा एकै महिनामा ४४ जना जुवाडे पक्राउ गरेर कारबाही गरेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय दाङका एसपी सुरेशप्रसाद काफ्लेले दसै, तिहारको चाडपर्बसहित एक महिनाको अबधिमा हाइप्रोफाइल जुवाडे पक्राउ गर्न सफल भएको जानकारी दिए । यद्यपि, दाङ प्रहरीले घोराही १८ को रझेना र तुलसीपुरबाट पक्राउ परेका एमाले, कांग्रेसका नेतासहित पक्राउ परेका सबैजसो हाइप्रोफाइलका जुवाडेलाई राजनितिक दबाब र आर्थिक चलखेलको आधारमा तीन दिनमै मध्यरातमा छोडेर तिब्र आलोचना खेपेको थियो ।

घोराहीमा गुण्डा नाइके बाबु पुनले जुवा ब्याबसायिकरुपमा चलाएको प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएको र उनको खोजी कार्य भइरहेको प्रहरीले जनाएक्क छ ।

चालु आर्थिक वर्ष २०७८/०७९को कात्तिक महिनामा मात्रै ४४ जना जुवाडे पक्राउ परेको एसपि काफ्लेले बताए । चाडपर्वमा मात्रै बढी भएपछि पेशेबर जवाडेहरुले रमाइलो गर्ने भन्दा ठूलो रकम जित हार हुने गरि जुवा खेल्ने क्रम बढ्दै गएको पाइएको प्रहरीले जनाएको छ ।

उनीहरुको साथबाट नौ लाख बढी राजश्व संकलन भएको छ ।

पक्राउ पर्नेमा तुलसीपुर उपमहानगरपालिका वडा नं ९ बाट १२ जना, वडा नं. ८ बाट ७ जना, वडा नं. ६ बाट ५ जना र घोराही १८ बाट २० जना गरि ४४ जना जुवाडे प्रक्राउ परेका हुन । उनीहरुको साथबाट ९ लाख २ हजार १ सय ६१ रुपैंया नगद बरामद गरिएको प्रहरी प्रबक्ता डिएसपी मुकुन्द रिजालले बताए ।

त्यस्तै असोज महिनामा घोराही १४ बाट १२ जुवाडे प्रक्राउ परेका थिए । उनीहरुको साथबाट नगद १ लाख ३५ हजार बरामद गरिएको थियो । त्यस्तै चार महिनाको अवधिमा ७० जुवाडे पक्राउ परेका छन् । उनीहरुलाई कारबाही गर्दा १२ लाख बढी राजश्व संकलन भएको छ ।

गत साउनदेखि कात्तिक तेस्रो सातासम्म ७० जुवाडे प्रक्राउ परेका  रिजालले जानकारी दिए । उनीहरुलाई कारबाही गर्दा १२ लाख ३८ हजार १ सय ७१ रुपंैया राजश्व संकलन भएको छ । कार्यालयका अनुसार साउन महिनामा घोराही १३ बाट १० जुवाडे प्रक्राउ परेका थिए ।

उनीहरुको साथबाट १ लाख २२ हजार ५ सय १० रुपैया बरामद गरिएको थियो भने भदौ महिनामा घोराही १० बाट ४ जुवाडे प्रक्राउ गरेका थिए । उनीहरुको साथबाट नगद ७८ हजार ५ सय रुपैया बरामद गरिएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया