काँग्रेस सर्लाहीको निर्वाचन अधिकृतले दिए राजीनामा, अधिवेशन अनिश्चित


काठमाडौं – नेपाली काँग्रेसको सर्लाही जिल्लाको अधिवेशन अनिश्चित भएको छ ।

जिल्ला निर्वाचन अधिकृत विनोद कार्कीले अधिवेशन गराउने वातावरण नभएको भन्दै शुक्रबार राजीनामा दिएका हुन् ।

‘जिल्लामा सबै पक्षसँग छलफल गरेर निर्वाचन प्रक्रिया अगाडि बढाउन खोजेकोमा सहमति नजुटी निर्वाचनको वातावरण नभएकाले पदबाट राजीनामा दिएको छु,’ निर्वाचन अधिकृत कार्कीले भने ।

सर्लाहीमा शनिबार वडा अधिवेशन हुँदै छ । अधिवेशनको अघिल्लो दिन निर्वाचन अधिकृतले राजीनामा दिएपछि अधिवेशन प्रक्रिया अन्योलमा परेको हो । निर्वाचन अधिकृतलाई राजीनामा फिर्ता लिन आग्रह गर्दै जिल्लाका नेताहरु छलफलमा जुटेका छन् ।

प्रतिक्रिया