मधेश प्रदेश सभा बस्दै, आजदेखि बजेटबारे छलफल


काठमाडौं – मधेश प्रदेश सभा बैठक आइतबार बस्ने भएकोे छ।

मधेश सरकारले आगामी आर्थिक वर्ष २०८२/०८३ का लागि ल्याएको बजेटमाथि छलफल गर्न प्रदेश सभाको बैठक आह्वान गरिएको हो।

बैठक दिउँसो १ बजे बस्ने प्रदेशसभा सचिवालयले जनाएको छ।

प्रदेश सरकारका अर्थमन्त्री सुनिलकुमार यादवले असार १ गते बजेट प्रस्तुत गरेपछि असार ११ गते बसेको बैठक आधा घण्टा पनि नचलेर अनिश्चितकालका लागि स्थगित भएको थियो।

 

प्रतिक्रिया