प्रधानसेनापति प्रभुराम शर्मा भारत प्रस्थान (तस्बिरहरु)


काठमाडौं – प्रधानसेनापति प्रभुराम शर्मा छिमेकी मुलुक भारतको औपचारिक भ्रमणका लागि प्रस्थान गरेका छन्। मंगलबार बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट शर्मा नयाँ दिल्लीका लागि प्रस्थान गरेका हुन्।

नेपाली सेनाका अनुसार भारतका सेनाध्यक्ष मनोज मुकुन्द नरवणेको औपचारिक निमन्त्रणामा प्रधानसेनापति शर्मा चार दिने भारत भ्रमणमा गएका हुन्।

प्रधानसेनापति शर्मा नेपाली सेनाको विशेष विमानमा भारत गएका हुन्। पत्‍नी सुनिता शर्मासहित ९ सदस्यीय सैन्य टोलीका साथ उनी इन्डोनेसियामा निर्मित कासा विमानमार्फत भारत प्रस्थान गरेका हुन्।

प्रधानसेनापति शर्मालाई जंगी अड्डामा सोमबार नै औपचारिक रूपमा भारत भ्रमणको बिदाइ गरिएको थियो। उक्त बिदाइ कार्यक्रममा नेपालका लागि भारतीय राजदूत विनयमोहन क्‍वात्राको उपस्थिति थियो।

तस्बिरहरु

प्रतिक्रिया