अक्षयको सूर्यवंशी रिलिज, बलिउड ‘रि–बुट’ हुने अपेक्षा


काठमाडौं – भारतमा लामो समयपछि थिएटरमा फिल्म रिलिज भएको छ । बलिउडका एक्सन एवं भर्सटाइल अभिनेता अक्षय कुमारको फिल्म सूर्यवंशी रिलिज भएको हो ।

ओटीटीमा फिल्महरु रिलिज भएकामा सूर्यवंशी थिएटरमा रिलिज भएको हो । कोरोनाले थिएटरमा मन्दी रहेकामा यही फिल्ममार्फत बलिउडमा फेरि ब्यापार रि–बुट हुने अपेक्षा गरिएको छ ।

यो फिल्म ३ हजार स्क्रिनमा रिलिज भएको छ । १४ दिनसम्म बलिउडमा दोस्रो फिल्म रिलिज नहुने भएकाले यो फिल्मले राम्रो ब्यापार गर्ने अपेक्षा बलिउडको छ ।

सूर्यवंशी चल्ने सम्भावना अधिक
यो फिल्मबाट बलिउडले ठूलो अपेक्षा गरेको छ । यो फिल्ममा अक्षय कुमारसँगै रणवीर सिंहको सिम्बा र अजय देवगणको सिंघमको मिक्स एन्ड म्याच पनि रहेको छ ।

अर्थात् रणवीर र अजय पनि चलचित्रमा समेटिएका छन् । यो फिल्ममा कटरिना कैफ पनि रहेकी छिन् । भारतमा गम्भीर चलचित्र भन्दा भिडन्तवाला माइन्डलेस मनोरञ्जन धेरै चल्छ । यसमा रोहित सेट्टीको हात बढी छ ।

आतंकवादको विरुद्धमा अपरेशन बलिउड र ओटीटीको सूत्र हिट छ । अक्षय कुमार यो विषयका मार्केट लिडर हुन् । सूर्यवंशी पनि आतंकवादमा आधारित फिल्म हो । यो फिल्ममा मल्टिस्टारमात्र हैन मल्टी प्रोड्युसर पनि छन् । रोहित शेट्टी, अक्षय कुमार, करण जौहर र रिलायन्स इन्टरटेनमेन्ट यसका प्रोड्युसर हुन् ।

प्रतिक्रिया