
भारतीय प्रधानमन्त्री मोदीले गरे समकक्षी देउवाको प्रशंसा
ग्लास्गो – बेलायतको स्कटल्यान्डस्थित ग्लास्गो सहरमा आयोजित जलवायु परिवर्तनसँग सम्बन्धी विश्व सम्मेलनका क्रममा प्रधानमन्त्री शेरबहादुर देउवा र भारतीय समकक्षी नरेन्द्र मोदीबीच ग्वास्गोमा सोमबार टवार्ता भएको छ ।
भारतीय प्रधानमन्त्री मोदीसँग भेट हुँदा आफूलाई खुसी लागेको प्रधानमन्त्री देउवाले सामाजिक सञ्जालमार्फत जनाएका छन् । उनले ट्वीटरमा लेखेका छन्,“कोप-२६ मा नरेन्द्र मोदीजीलाई भेट्दा खुसी लागेको छ । हामीले सेयर गरी रहेको हिमाली क्षेत्र जुन विशेष रुपमा जोखिममा छ त्यसको भविष्यका लागि दीगो विकास अपरिहार्य छ ।”
साथै प्रधानमन्त्री देउवाले सन्देशमा अगाडि भनेका छन्,“यो विषयलाई प्राथमिकताका साथ उठाउनुका साथै भविष्यमा सँगै काम गर्ने कुरामा जोड दिनुभएकोमा म धन्यवाद दिन चाहन्छु ।”
साथै भारतीय प्रधानमन्त्री मोदीले पनि प्रधानमन्त्री देउवाले हिमाली क्षेत्रमा जलवायु परिवर्तनले ल्याएको जोखिमलाई ठिक ढंगले उठाएको भन्दै प्रधानमन्त्री देउवाको प्रशंसा गरेका छन् ।



कागजपत्र |
