मोरङमा भारतबाट ल्याइएको अवैध पटाका नष्ट


मोरङ -मोरङ प्रहरीले अवैध रुपमा भारतबाट ल्‍याइएका पटाका नष्ट गरेको छ ।

करीब ३ लाख ३४ हजार ८ सय मूल्‍य बराबरको अवैध पटाका प्रहरीले बरामद गरी नष्ट गरेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।

उक्त पटाका आजै जिल्ला प्रहरी कार्यालय मोरङको कम्पाउण्ड भित्र नष्ट गरिएको हो ।

प्रतिक्रिया