प्रधानन्यायाधीश जबरासँग वार्ता गर्न ३ न्यायाधीशलाई जिम्मा


काठमाडौं – प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरासँग वार्ता गर्न न्यायाधीशहरुले आइतबार ३ न्यायाधीशलाई जिम्मा दिएका छन् ।

प्रधानन्यायाधीशको राजीनामा माग गरिरहेका न्यायाधीशहरुले प्रधानन्यायाधीश जबरासँग वार्ताका लागि न्यायाधीश अनिलकुमार सिन्हा, सपना प्रधान मल्ल र डा. मनोजकुमार शर्मालाई जिम्मा दिएका हुन् ।

उनीहरुलाई प्रधानन्यायाधीश जबराको बहिर्गमन कसरी सहज हुन्छ भन्ने विषयमा छलफल गर्ने जिम्मेवारी दिइएको एक न्यायाधीशले बताए ।

प्रतिक्रिया