पूर्वसभासद तामाङको मुद्दामा ९ सय वटा जाहेरी दर्ता, पौने ४ अर्ब बिगो दावी


काठमाडौं – पूर्व सभासद एवं सिभिल सहकारी संस्थाका पूर्वअध्यक्ष इच्छाराज तामाङसहित १२ जनाविरूद्ध करिब नौ सय वटा जाहेरी दर्ता भएको छ ।

केन्द्रीय अनुसन्धान ब्युरोमा हिजो साँझसम्म आठ सय ८३ जना निक्षेपकर्ताले जाहेरी दर्ता गरेको प्रहरी स्रोतले जनाएको छ । एउटै मुद्दामा यति धेरै जाहेरी दर्ता भएको सम्भवतः पहिलोपटक भएको प्रहरीको अनुमान छ । जाहेरीमा अहिलेसम्म कुल बिगो रकम ३ अर्ब ७४ करोड २८ लाख रूपैयाँ दाबी गरिएको छ ।

यो मुद्दामा अझै जाहेरी थपिन सक्ने ब्युरोले जनाएको छ । प्रहरीले तामाङसहित १२ जनाविरूद्ध ठगी मुद्दामा अनुसन्धान गरिरहेको छ । ठगी मुद्दामा प्रहरीसँग २५ दिन म्याद हुन्छ । तर २३ दिनभित्रै अनुसन्धान सक्नुपर्छ ।

तामाङले विभिन्न व्यक्तिहरूलाई जग्गा–घर दिने भन्दै ठगी गरेको आरोप पनि छ । यो सहकारीमा दुई हजारभन्दा बढी निक्षेपकर्ता छन् ।

सिभिल होम्सअन्तर्गत घर निर्माणकै लागि मात्र इच्छाराजले नौ अर्ब रूपैयाँ निकालिसकेका छन् । ब्युरोले यो विषयमा अनुसन्धान गर्न बाँकी रहेको छ । इच्छाराज तामाङ सिभिल बैंकका अध्यक्ष तथा संविधानसभामा एमाले तर्फबाट सभासद पनि थिए ।

 

प्रतिक्रिया