जि-२० राष्ट्रले अफगानिस्तानलाई आर्थिक सहयोग गर्ने


एजेन्सी – अफगानिस्तानमा ठूलो आर्थिक प्रलय आउनसक्ने चेतावनी विश्वका नेताहरुले दिएका छन । विश्वका ठूला अर्थतन्त्र भएका देशहरुको समुह ‘जि–ट्वावान्टी’ को भर्चुएल सम्मेलनलाई संवोधन गर्दै नेताहरुले अफ्गानिस्तानलाई आर्थिक प्रलयबाट जोगाउन अरबौं डलर सहायता चाहिने आवश्यकता औल्याए ।

उनीहरुले सहयोगको लागि अन्य मुलुकहरुलाई समेत आव्हान गरेका छन् । जर्मन चान्सलर एन्जेला मर्केलले अफ्गानिस्तानलाई यस्तै अन्यौलको भुमरीमा छोड्न नहुने बताए ।

अमेरिकी राष्ट्रपति जो बाइडेनले अफ्गानिस्तानको तालिवान शाषकलाई नभएर अफ्गान नागरिकको लागि स्वतन्त्र दातृ निकाय र संगठनमार्फत सहयोग गर्नुपर्ने बताए ।

गत अगस्टमा अमेरिकी सेना फिर्ता भएसँगै तालिवानले अफगानिस्तानको सत्ता कब्जामा लिएपछि मानविय संकट उत्पन्न भएको छ । तत्कालका लागि औषधि र खानाका लागि ठूलो सहयोग आवश्यक रहेको राष्ट्रसंघले जनाएको छ ।

प्रतिक्रिया