किसान आन्दोलनमा किन मौन छन् ठूला स्टारहरु ?


मुम्बई(एजेन्सी)– भारतीय केन्द्रीय सरकारले ल्याएको कृषि कानूनको विरुद्ध देशभरका किसानको राजधानी दिल्लीसँग जोडिएको सीमानामा आन्दोलन जारी छ । उनीहरु आफ्नो माग पुरा गराउनका लागि डटेर लागि परेका छन् । यो आन्दोलनमा बलिउडका केही सेलिब्रेटीहरु किसानको पक्षमा उभिएका छन् । किसान आन्दोलनलाई लिएर कंगना रनावत र दिलजीत दोसांझका बीच ट्विटरमा युद्ध नै भएको छ । यसबाहेक सोनू सूद, धर्मेन्द्र, तापसी पन्नु, स्वरा भास्करसहित तमाम सेलिब्रेटीले आफ्नो प्रतिक्रिया दिएका छन् । तर जहिल्यै सामाजिक मुद्धामा आफ्नो धारणा राख्ने अमिताभ बच्चन, अक्षय कुमार, अनुपम खेर, अजय देवगन, शिल्पा शेट्टी, नाना पाटेकर, परेश रावल, सलमान खान जस्ता सेलिब्रेटी किसान आन्दोलनका विषयमा मौन छन् ।

बलिउड महानायक अमिताभ बच्चन किसानलाई सहयोग गर्ने स्टारका रुपमा चिनिन्छन् । उनले कैयौं पटक देशका विभिन्न राज्यका किसानको ऋण चुक्ता गरेका छन् । अहिले देशका हरेक स्थानमा किसानको आन्दोलन भइरहँदा अमिताभ भने मौन छन् । यो आफैमा सोचनिय विषय छ ।

सामाजिक मुद्धामा आधारित फिल्ममा अभिनय गरेर पछिल्लो समय चर्चामा आइरहेका अभिनेता अक्षय कुमारले किसान आन्दोलनका विषयमा मुख खोलेका छैनन् । हालैमात्र सामाजिक सन्जाल प्रयोगकर्ताले यो कुरालाई लिएर अक्षयको ट्रोल नै बनाए । प्रयोगकर्ताले उनको नागरिकताको विषयमा पनि आवाज उठाएका थिए ।

बलिउडका प्रख्यात अभिनेता अनुपम खेरको सामाजिक सन्जालमा भिडियो आइरह्यो । उनी जनहितको तमाम मुद्दामा मुख खोलेर आफ्नो कुरा राख्छन् । तर यसपटक किसान आन्दोनलमा उनी चुप नै रहे ।

अभिनेता नाना पाटेकर भलै फिल्मी दुनियाँमा कम सक्रिय छन् तर जनहितको मुद्दामा उनी खुलेर कुरा गर्छन् । तर किसानको आन्दोलनमा उनको कुनै प्रतिक्रिया छैन । जबकी उनी प्रायः किसानकै पक्षमा उभिन्छन् ।

वरिष्ठ अभिनेता परेश रावल सामाजिक विषयमा निकै खुलेर आफ्नो धारणा राख्छन् । तर यसपटक उनले किसानको आन्दोलनका विषयमा कुनै कुरा गरेका छैनन् । यो विषयमा बलिउडमा चर्चा पनि चलेको छ ।

अभिनेता सलमान खानले लकडाउनको समयमा आफ्नो फार्म हाउसमा बिताए । यो बेला उनले खेती किसानी राम्रै गरे । त्यसको फोटो तथा भिडियो सामाजिक सन्जालमा खुबै छायो । तर अहिले देशका अन्नदाता अर्थात किसानको आन्दोलनमा चाहिँ उनले मुख खोल्न सकेका छैनन् ।

अभिनेत्री शिल्पा सेट्टी प्राय सामाजिक सन्जालमा फोटो र भिडियो पोस्ट गरिरहन्छिन् । अभिनेत्री सामाजिक मुद्धामा सबैलाई जागरुक बनाउछिन् । तर उनले किसान आन्दोलनका विषयमा कुनै कुरा बोलेकी छैनन् ।

अभिनेता अजय देवगन सामाजिक सन्जालमा सक्रिय छन् र उनी खुलेर आफ्नो कुरा राख्छन् । तर उनले पनि किसान आन्दोलनमा कुनै कुरा बोलेका छैनन् ।

प्रतिक्रिया