न्युयोर्कमा रहेका नेपालीहरुद्वारा ‘परदेशी’ बोलको गीत सार्वजनिक (भिडियोसहित)


न्यूयोर्क – हिन्दुधर्मावलम्विहरुको महानचाड विजया दशमीलाई लक्षित गरी गायक बिष्णुहरि भण्डारीको आवाजमा दशैँकोसेली ‘परदेशी’ बोलको गीत भिडियो सहित सार्वजनिक भएको छ । हाल अमेरिकाको न्युयोर्क शहरमा रहेका नेपालीहरुले यो गीत प्रस्तुत गरेका हुन् ।

गीतमा लय तथा शब्द गायक भण्डारी स्वयमंकै रहेको रहेको छ । उक्त गीतको भिडियोमा नवकलाकार सुरेन थापा, प्रमिला ढकालको मुख्य अभिनय रहेको छ भने सुदर्शन गुनि, पोष्टकुमारी थापा, कमला मायापण्डित, राजन कार्की, नारायण केसी, कमल अधिकारी लगायत कलाकारको बेजोड अभिनय प्रदर्शन गरिएको छ । ओम कर्माचार्यको निर्देशन रहेको भिडियोलाई ओम कर्माचार्यले नै छायाकंन र भिडियो सम्पादन गरेका छन् । ॐ मेगा रेकर्डिङ्गस्टुडियोले संगित संयोजन गरेको छ ।

नेपालीहरुको महान चाडपर्वलाई लक्षित गरेर निर्माणगरिएको मौलिक दशैँ गीतमा बालापनमा बिताएका साथी संगी, परिवार र बुढी आमासँग रमाईलो गरेका हरेक क्रियाकलापलाई भावमासमेट्न खोजिएको छ ।

घटस्थापनाको दिन पारेर सार्वजानिक गरिएको उक्त भिडियोलाई बि एण्ड टी इन्टरटेनमेन्ट युट्युब च्यानलमार्फत सार्वजानिक गरिएको हो।

भिडियोसहित:

 

प्रतिक्रिया