मुख्यमन्त्री राउतले पाए ७७ मत, विपक्षमा २३


जनकपुरधाम -प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले दुईतिहाइको समर्थन पाएका छन् ।

जनता समाजवादी पार्टी (जसपा) विभाजन भएर लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) बनेपछि मुख्यमन्त्री राउतले बुधबार विश्वासको मत मागेका थिए ।

प्रदेशसभामा भएको मतदानमा राउतको पक्षमा ७७ मत पारेको छ । यो कुल प्रदेशसभा सदस्य संख्या १०७ को दुईतिहाइ हो । उनको विपक्षमा २३ मत परेको छ ।

प्रतिक्रिया