प्रहरीद्वारा अवैध सामान बरामद


कञ्‍चनपुर – जिल्ला प्रहरी कार्यालय कञ्‍चनपुरबाट खटिएको प्रहरी टोलीले ८३ हजार मूल्य बराबरका अवैध सामान बरामद गरी भन्सार कार्यालयमा बुझाएको छ । मंगलबार र बुधबार गरी त्यति मात्रामा सामान बरामद गरिएको प्रहरीले जनाएको छ ।

प्रहरी टोलीले बेलौरी नगरपालिका-७ नकैयाबाट भन्सार छलेर ल्याएका  पलाष्टिकको बाटा थान १५ ,पलाष्टिकको कुर्ची थान २४, सिसाको गिलास थान ६९ र मोबिल ३० डिब्वा गरी २२,०८० बराबरको समान बरामद गरेर आवश्यक कारबाहीका लागि भन्सार कार्यालय त्रिनगर कैलाली  पठाएको छ ।

त्यस्तै प्रहरी  टोलीले  बेलौरी-७ पौलाहाबाट भंसार छलेर ल्याएका सिलिङ पंखा थान १२ , बिजुलीको चिम १०० वटा,आईरन २ थान अन्दाजी चिम ५० वटा , स्टेण्ट पंखा सानो १६ वटा , स्टेण्ड पंखा ठुलो ३ वटा,  होल्डर १० डिब्बा, प्लक १० डिब्बालगायतका  अन्दाजी मुल्य ६१५८० रुपैयाँको सामान बरामद गरेको हो ।

प्रतिक्रिया