प्रदेश २ का प्रमुख हरिशंकर मिश्रद्वारा पदभार ग्रहण


जनकपुरधाम – बुधबार प्रदेश २ का प्रदेश प्रमुख हरिशंकर मिश्रले पदभार ग्रहण गरेका छन् । मिश्रले मधेश भवनको प्राङ्गणमा रहेको प्रदेश प्रमुखको कार्यालयमा आएर पदभार ग्रहण गरेका हुन् ।

पदभार ग्रहण गर्दै मिश्रले प्रदेश सरकारसँग समन्वय गरेर अघि बढ्ने बताएका छन् । मंगलबार शपथ ग्रहण गरेका मिश्र बुधबार जनकपुरधाम आएका हुन् ।

नेपाली काँग्रेसबाट भौतिक पूर्वाधार विकास मन्त्री बनेका रामसरोज यादवसहित ठुलो सङ्ख्यामा काँग्रेसका नेता तथा कार्यकर्ता प्रदेश प्रमुखको स्वागतका लागि विमानस्थल पुगेका थिए ।

सरकारले यसअघिका प्रदेश प्रमुख राजेश झालाई हटाएर मिश्रलाई नियुक्त गरेको हो ।

प्रतिक्रिया