प्रदेश-२: सीके राउत नेतृत्वको पार्टीद्वारा मुख्यमन्त्रीको राजीनामा माग


जनकपुरधाम – प्रदेश-२ को मुख्यमन्त्री तथा मन्त्रिपरिषद कार्यालय अगाडि सीके राउत नेतृत्वको जनमत पार्टीले प्रदर्शन गरेको छ ।

प्रदर्शनका क्रममा नगरको विभिन्न ठाउँमा मोटरसाइकल जुलुस प्रदर्शन गरेका उनीहरुले मुख्यमन्त्री कार्यालयको गेट अगाडि नाराबाजी गर्दै भ्रष्टाचारी पार्टी मधेश छोड, भ्रष्टाचारी होशियार, भ्रष्टाचारीलाई कारबाही गर, भ्रष्ट सरकार राजीनामा दे, मधेशी जनता के भन्छ ? भ्रष्टाचारीलाई जेल दे भन्छ, भ्रष्टाचारी मुख्यमन्त्री राजीनामा दे’ जस्ता नारा लगाएका छन् ।

मुख्यमन्त्री कार्यालयले सञ्चालन गरेको बेटी बचाऊ, बेटी पढाऊ अभियानमा अनियमितता भएको भनी अख्तियारले कागजात नियन्त्रणमा लिएको केही दिनपछि सोमबार जनमत पार्टीले प्रदर्शन गरेको हो । प्रदेश सरकारले गरेको अनियमितताकै कारण अख्तियारले छापा मारेको भन्दै उनीहरुले छानबिन गरी कारबाहीको माग गरेका छन् ।

प्रतिक्रिया