वर्षा बाधक बनेको ईपीएलमा आज पनि दुई खेल हुँदै


काठमाडौं — एभरेष्ट प्रिमियर लिग (ईपीएल) अन्तर्गत आज आइतबार दुई खेल हुँदैछन् ।

अहिले बिहान साढे ९ देखि कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा विराटनगर वारियर्स र काठमाडौं किंग्स—११ बीच र दोस्रो खेल दिउँसो साढे १ बजे चितवन टाइगर्स र ललितपुर प्याट्रिओट्सबीच हुनेछ ।

खराब मौसमका कारण यसअघि ईपीएलका केही खेलहरु प्रभावित हुँदै आएका छन् । यसअघि शुक्रबार र शनिबारका खेल पनि वर्षाले प्रभावित बनेको थियो ।

हालसम्म भएका खेलको नतिजाअनुसार तीन खेल खेलेको चितवन शतप्रतिशत जितबाट ६ अंक जोडेर पहिलो स्थानमा छ ।

चार खेल खेलेको ललितपुर चौथो, दुई खेल खेलेको काठमाडौं पाँचौ र ४ खेल खेलेको विराटनगर छैटौं स्थानमा रहेको छ ।

विराटनगरले एक खेल पनि जितेको छैन ।

 

प्रतिक्रिया