
पछिल्लो २४ घण्टामा ८६७ जनामा कोरोना पुष्टि, ९ को मृत्यु
काठमाडौं – नेपालमा पछिल्लो २४ घण्टामा ८६७ जना कोरोना संक्रमित थपिएका छन् । देशभरका प्रयोगशालामा ८ हजार २ सय १९ नमुना परिक्षण गरिएकोमा उक्त संख्यामा कोरोना पोजेटिभ देखिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
त्यस्तै पछिल्लो २४ घण्टामा१ हजार १२३ जना कोरोना मुक्त भएका छन् । यससँगै हालसम्म देशभर कोरोनामुक्त हुनेको संख्या ७ लाख ६७ हजार ८ सय १९ पुगेको छ ।
त्यस्तै गत २४ घण्टामा ९ जना संक्रमितको मृत्यु भएको छ । यससँगै अहिलेसम्म कोरोनाबाट ज्यान गुमाउनेको संख्या ११ हजार १ सय ५७ पुगेको छ ।
नेपालमा अहिलेको अवस्थामा सक्रिय संक्रमितको संख्या १७ हजार ६ सय ४२ रहेको छ ।



कागजपत्र |
