सुनको सिक्री र नगद लुटपाट, ३ जना नियन्त्रणमा   


काठमाडौं – काठमाडौं महानगरपालिका-२६ सरकारी धारा बस्ने गोरखा अजिरकोट गाउँपालिका-४ घर भएका २६ वर्षीय अजय रेग्मीको १.५ तोलाको सुनको सिक्री र नगद ८ हजार रुपैयाँ टोखा नगरपालिका-९ गोँगबु शिवमन्दिर नजिकबाट बिहीबार बिहान लुटपाट भएको छ ।

उनले घाँटीमा लगाएको सुनको सिक्री र नगद अपरिचित ३ जनाले लुटी फरार भएको भन्ने खबर प्राप्त हुनासाथ महानगरीय प्रहरी प्रभाग गोंगबुबाट खटिएको प्रहरीले खोजी गर्ने क्रममा शंकास्पद ३ जनालाई नियन्त्रणमा लिएर यस सम्बन्धमा थप अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया